Logo
Logo

कांग्रेसको बागमती प्रदेश सभापतिमा भीमसेनदास प्रधानले उम्मेदवारी दिने



काठमाडौं । कांग्रेसको वाग्मती प्रदेश सभापतिमा भीमसेनदास प्रधानले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

शनिबार काठमाडौंको शान्तिवाटिकामा घोषणासभा आयोजना गर्दै काँग्रेस नेता भीमसेनदास प्रधानले प्रदेश सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । आफूले प्रदेश सभापतिमा उम्मेदवारी दिने निर्णय गरेको बताउँदै प्रधानले सबै नेताहरूसँग नजिक भएर काम गर्न चाहने मान्छे भएको बताए । उनले तीन तहमा देखिएका समस्या माधान गर्न र नेपाली काँग्रेसको पालामा बनेको संविधान कार्यान्वयनसंगै रक्षा गर्न आफूले सभापतिको उम्मेदवारी घोषणा गरेको बताए ।

प्रधानलाई वाग्मती प्रदेश सभापतिका लागि केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईले प्रस्ताव गरेका थिए । कांग्रेसको प्रदेश अधिवेशन मंसिर १६ र १७ गते हुँदैछ । वाग्मती प्रदेशको प्रदेश अधिवेशन हेटौंडामा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्