Logo
Logo
एमालेको १०औं महाधिवेशन

भीम रावल र विष्णु पौडेलको अडानले ओली तनावमा



चितवन । नेकपा (एमाले) को १०औं महाधिवेशनको बन्दसत्र शनिबार चितवनको सौराहामा जारी छ । बन्दसत्रमा नियमित कार्यक्रम चलिरहेको छ । सँगसँगै नेतृत्व चयन सर्वसम्मत गर्ने अध्यक्ष केपी शर्मा ओलीको प्रयास पनि भित्रभित्रै जारी नै रहेको छ ।

पदाधिकारीमा सर्वसम्मत गर्ने प्रयास ओलीले जारी राखेको उनी निकट एक नेताले बताए । तर, अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका डा. भीम रावल र महासचिवमा उम्मेदवारी दिने घोषणा गरेका विष्णु पौडेको अडानका कारण ओली तनावमा छन् ।

महाधिवेशनको बन्दसत्रमा सहभागी एक नेताका अनुसार अन्य पदमा सर्वसम्मत निर्वाचित गर्ने वातावरण बनाईसकेका ओलीलाई रावल र पौडेलका कारण तनाव भएको छ । ओलीले रावललाई अध्यक्षमा उम्मेदवारी नदिई सर्वसम्मत उपाध्यक्ष बन्न गरेको प्रस्ताव उनले अस्वीकार गरेका छन् ।

यस्तै, महासचिवका आकांक्षी पौडेललाई उपाध्यक्ष बन्न ओलीले गरेको प्रस्ताव पौडेलले अस्वीकार गर्दै अडान कायम नै राखेको स्रोतको दावी छ । एमालेका पूर्व उपाध्यक्षसमेत रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले शंकर पोखरेललाई नै महासचिव बनाउनुपने अडान लिएपछि ओलीले पोखरेललाई महासचिवमा ल्याउन पौडेललाई उपाध्यक्ष बन्न प्रस्ताव गरेका छन् ।

‘केपी ओली कमरेडलले अन्य पदमा लगभग सर्वसम्मतको वातावरण बनाइसक्नुभएको छ । तर, भीम कमरेड र विष्णु कमरेडको अडानका कारण उहाँ तनावमा हुनुहुन्छ । उहाँहरुले पनि आफ्नो अडान छोडे सर्वसम्मत पदाधिकारी घोषणा हुन्थ्यो । तर पनि अझै सर्वसम्मत पादाधिकारी निर्वाचितका लागि प्रयास जारी नै छ । हेरौं अब के हुन्छ ?’ ओली निकट ती नेताले भने ।

प्रतिक्रिया दिनुहोस्