
सौराहा, चितवन । नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन चितवनको सौराहामा जारी छ । जारीे बन्दसत्रमा विभिन्न विषयमा छलफल चलिरहेको छ ।
बन्दसत्रकै क्रममा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास जारी छ । पदाधिकारीका सबै पदमा सर्वसम्मत नेतृत्व चयन गर्न अध्यक्ष केपी शर्मा ओली स्वम् जुटेका छन् । तर, केही पदमा सहमति हुने सम्भावना कम छ । सर्वसम्मत नेतृत्व चयन गर्नकै लागि एमालेले पदाधिकारी संख्या बढाउन गरेको विधान संशोधन निर्णय बन्दसत्रले पारित गरिसकेको छ ।
केही पदका आकांक्षीबीच सहमति जुट्न बाँकी नै रहेतापनि केही पदमा भने सहमति जुटिसकेको छ । सचिव पदमा योगेश भट्टराई, गोकर्ण विष्ट, प्रभु साहको नाममा सहमति जुटिसकेको एमाले स्रोतले दावी गरेको छ ।
हालै संशोधन भएको एमालेको विधानअनुसार १९ सदस्यीय पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी रहनेछ । यस्तै ४५ सदस्यीय स्थायी कमिटी र ९९ सय सदस्यीय पोलिटव्यूरो कमिटी गठन हुनेछ ।












