Logo
Logo
दृष्टिका १० हेडलाइन्स्

सर्वसम्मत नेतृत्व चुन्ने एमालेको प्रयासदेखि माओवादीको पालिका अधिवेशनसम्म



हेडलाइन्स्

१. एमालेको १०औं महाधिवेशनलाई विभिन्न देशका नेताद्वारा शुभकामना, एमालेमा पदाधिकारी बढाउने प्रस्ताव आएपनि नेतृत्व चयन टुंगो लगाउन सकेन, पदाधारीको संख्या बढाएर शीर्ष नेताहरुको व्यवस्थापन गर्दै पदाधिकारी सर्वसम्मत टुंगो लगाउन कसरत, १९ पदाधिकारीसहित ३०१ केन्द्रीय सदस्य प्रस्ताव गर्ने जिम्मेवारी ओलीलाई, एमाले उपाध्यक्ष भीम रावलद्वार विरोध, उम्मेदवारी दर्ता आइतबारका लागि सर्यो ।

२. नेकपा (माओवादी केन्द्र)को पालिकास्तरीय अधिवेशन देशैभर सम्पन्न, अधिकांश स्थानमा नेतृत्व चयनको प्रक्रिया चलिरहेको माओवादीका केन्द्रीय कार्यलय सचिव श्रीराम ढकालको भनाइ, धेरैजसो जिल्लाका पालिकामा सर्वसम्मत, केहीमा ठाउँमा निर्वाचन, आइतबारसम्ममा सबै पालिकाको नेतृत्व चयन भइसक्ने, सकेसम्म सहमतिमा नेतृत्व चयन गर्न पार्टीको आग्रह ।

३. पाँच दलिय गठबन्धनको सरकराले विदेश नीति बिगारेको नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको आरोप, कम्युनिष्ट एकता नचाहने शक्तिहरुले एमाले विभाजन गरेको भनाइ, अलोकतान्त्रिक गठबन्धन र जालझेलका कारण आफूहरु सत्ताबाट प्रतिपक्षमा पुगेको धारणा, धुलोमा पछारिएको पार्टी एक वर्ष नपुग्दै देशको सबैभन्दा ठूलो पार्टी बनेको दाबी, अनुशासित र एकताबद्ध भएर देश निर्माणमा लाग्न आह्वान ।

४. नेकपा माओवादीलाई पुनः क्रान्तिकारी बनाएरै छाड्ने अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रतिबद्धता, पार्टीलाई विचार, सिद्धान्त र व्यवहारमा क्रान्तिकारी बनाउने धारण, पछिल्ला दिनमा माओवादीप्रति जनताको आकर्षण बढेको दावी, झण्डै आठ लाख सक्रिय पार्टी सदस्यको नामावली प्राप्त भएको र प्रक्रियामा रहेका दुई लाख गरी १० लाख बराबरको सक्रिय सदस्य पुग्ने भनाइ ।

५. मुलुकमा उद्यमशीलताको खाँचो भएको नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालको ठहर, सरकारले कृषि क्षेत्रमा लगानी वृद्धि गरी आम्दानी बढाउन सकेमा समाजवाद सफल हुने विश्वास, पूँजी, प्रविधि, व्यवस्थापकीय सीप भित्र्याउनुपर्ने सुझाव, क्रान्तिकारी सिद्धान्तबिना क्रान्ति सम्भव नहुने र वैज्ञानिक समाजवादको पक्षमा सबैले क्रान्ति गर्नुपर्ने धारणा, दलाल पूँजीवादसँग जुधेर सामाजिक रुपान्तरण र देश विकासको पक्षमा लाग्नुपर्ने जोड ।

६. कार्यपालिकाले न्यायपालिकामा सरकारले हस्तक्षेप गर्न नहुने जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवको भनाइ, प्रधानन्यायाधीशका विषयमा दलले भन्नुभन्दा पनि न्यायाधीश र अधिवक्ता बसेर यसको समाधान खोज्नुपर्ने, न्यायलयमा देखिएको समस्या छिट्टै हल होस् र न्याय निरुपणको काम होस् भन्ने चाहना भएको भनाइ, न्यायपालिका संवैधानिक व्यवस्था भएको संस्था भएकाले राजनीतिक सत्ता र शक्तिको प्रभावबाट स्वतन्त्र र अलग हुनुपर्ने धारणा ।


७. भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालमा हिन्दू राष्ट्र र राजतन्त्र फर्काउन लागिपरेको भारतीय कम्युनिष्ट पार्टीका नेता जोगीन्दर शर्माको भनाइ, सन् २०२५ सम्म नेपाललाई हिन्दू राष्ट्र बनाउने भारतीय जनता पार्टी (भाजपा)को अभियान भएको अभिव्यक्ति, भारतमा मात्रै नभएर दक्षिण एसियाबाट कम्युनिष्ट आन्दोलन समाप्त पार्ने मोदीको कोसिस रहेको भनाइ ।

८. यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३७ अंकले घट्यो, साताको पाँच कारोबार दिनमा परिसूचक ३७ दशमलव ३,५ अंकले घटेर बन्द, साताका पाँच कारोबार दिनमध्ये तीन कारोबार दिन बजार ओरालो लाग्यो, सोमबार ७ अंक र बुधबार १ अंकले बजार बढ्नुबाहेक अन्य दिन सुधार आएन, आइतबार ११ अंक, मंगलबार ३२ अंक र बिहीबार नेप्सेमा ३ अंकको गिरावट, परिसूचक खुम्चेको सातामा कारोबार रकम पनि घट्यो ।


९.सहिद स्मारक ए डिभिजन लिगमा मनाङ मस्र्याङ्दीको लगातार दोस्रो र च्यासल युथको पहिलो जित, हिमालयन शेर्पा मनाङ मस्र्याङ्दीसँग १–० गोल अन्तरले पराजित, विभागीय टिम एपीएफ क्लबलाई च्यासलले १–० गोल अन्तरले हरायो, यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशको पहिलो जित, कर्णाली प्रदेश ३ विकेटले पराजित ।

१०. कोरोनाको नयाँ संस्करणका कारण बेलायतद्वारा ६ मुलुकसँगको उडान सेवा बन्द, शुक्रवार मध्याह्न १२ बजेदेखि बेलायतले दक्षिण अफ्रिका, नामिबिया, जिम्बाब्वे, बोत्स्वाना, लेसेथो र इस्वाटीटीसँगका सबै उडानहरु स्थगित गर्यो, कोरोनाको महामारी बढ्दै गएको र नयाँ भेरियन्ट अझ खतरनाक रहेको भन्दै अमेरिकाको न्युयोर्कमा संकटकाल घोषणा, दक्षिण अफ्रिकामा कोरोनाको नयाँ संस्करण वर्गीकृत भएपछि खतराको घण्टी बजेको स्विस फेडरल अफिस अफ पब्लिक हेल्थ (एफओपीएच) भनाइ ।

प्रतिक्रिया दिनुहोस्