Logo
Logo

भिल्लारियललाई हराउदै बार्सिलोना विजयी



काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना विजयी भएको छ । शनिबार राती भएको खेलमा बार्सिलोनाले भिल्लारियलमाथि ३ १ को शानदार जित गरेको हो ।

बार्सिलोनालाई जिताउन फ्रेङ्की डिजोङ, मेम्फी डिपे र फिलिप काउटिन्होले गोल गरे । भिल्लारियलका लागि सामु चुक्युजीले एक गोल फर्काए । जितसँगै बार्सिलोना १४ खेलबाट २३ अंकसहित सातौ स्थानमा उक्लिएको छ । हार व्यहोरको भिल्लारियल १४ औँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्