Logo
Logo
एमालेको १०औंँ महाधिवेशन

नेतृत्व चयनमा सकस, नेता फकाउँदै ओली

सहमति नजुट्दा सुरु हुन सकेन बन्दसत्र


1.4k
Shares

चितवन । नेकपा एमालेको चितवनमा जारी महाधिवेशनको आज तेस्रो दिन अझै नेताहरु सहमतिमा आउन सकेका छैनन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मतमा नेतृत्व चयन गर्ने प्रयास गरिरहेका छन् । तर, सर्वसम्मत नेतृत्व चयनमा सहमति हुन नसक्दा आइतबार १० बजे बस्ने भनिएको बन्दसत्र सुरु हुन सकेको छैन । ओलीले सर्वसम्मतका लागि छलफल जारी राखेका छन् ।

आजको बन्दसत्रमा पार्टीका अध्यक्ष ओलीले १९ पदाधिकारीसहित ३०१ केन्द्रीय सदस्य, तीन आयोगका पदाधिकारी र सदस्यहरुको प्यानल निर्वाचित गर्न प्रस्ताव पेस गर्दैछन् ।

शनिबारको बन्दसत्रले अध्यक्ष ओलीलाई विवादकाबीच पदाधिकारी र सदस्यहरु चयन गर्ने जिम्मा सुम्पिएको थियो । शक्ति सन्तुलनलाई ध्यानमा राखेर ओलीले नामावली प्रस्ताव गर्ने तयारी गरिएको बताइएको छ ।

ओलीनिकट एक नेताका अनुसार पदाधिकारीमा अध्यक्ष ओलीले वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, उपाध्यक्षमा सुवास नेम्वाङ, रामबहादुर थापा, बादल, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, भीम रावल र अष्टलक्ष्मी शाक्य, महासचिवमा शंकर पोखरेल, उपमहासचिवमा प्रदीप ज्ञवाली, टोपबहादुर रायमाझी र घनश्याम भुसाललाई ल्याउने तयारी गरेका छन् ।

यद्यपि, अध्यक्षको उम्मेदवार रहेका भीम रावल र उपाध्यक्षको उम्मेदवार रहेका घनश्याम भुसालले भने ओलीलाई नाम सिफारिसको अधिकार दिएकोमा आपत्ति जनाएका छन् । निर्वाचन छाडेर व्यक्तिलाई पदाधिकारी र सदस्यहरु चयन गर्ने जिम्मेवारी दिँदा ‘लोकतन्त्रकै चीरहरण’ हुने उनीहरुको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्