Logo
Logo

ए-डिभिजनमा आज जावलाखेल र नेपाल पुलिस भिड्दै



काठमाण्डौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज जावलाखेल युथ क्लव र नेपाल पुलिस क्लबबिच खेल हुने भएको छ ।

काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हुने खेल बेलुका पौने ५ बजे सुरु हुनेछ । जावलाखेल पहिलो खेलमा मनाङ मर्स्याङ्दीसँग १–० ले पराजित भएको थियो ।

पहिलो खेलमा पुलिस क्लबले त्रिभुवन आर्मीसँग १–१ गोलको बराबरी खेलेको थियो। हिजो भएको खेलमा हिमालयन शेर्पालाई हराउँदै मनाङ मर्स्याङ्दीले लगातार दोस्रो जित निकालेको छ। मनाङ तालिकाको शीर्ष स्थानमा छ । उसको दुई खेलमा ६ अङ्क छ ।

प्रतिक्रिया दिनुहोस्