Logo
Logo

माओवादीको पालिका सम्मेलनः दिप्रुङ गाउँपालिकामा राजेन्द्र राईको नेतृत्व



खोटाङ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले खोटाङका दशै स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन गरेको छ ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा शनिबार एकैदिन आयोजित गाउँपालिका/नगरपालिका अधिवेशनले दशवटै स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन गरेको हो ।

यस्तै जिल्लाको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा राजेन्द्र राईको अध्यक्षतामा ५५ सदस्यीय गाउँपालिका कार्यसमिति चयन गरिएको छ ।

समितिको उपाध्यक्षमा किसान राई, खड्गबहादुर तामाङ र नैनकुमारी खत्री, सचिव दीपक पौडेल, सहसचिवमा नारायण राई चयन भएका छन् । त्यस्तै कोषाध्यक्षमा सुनिता राई चयन भएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस्