Logo
Logo
नेपाली कांग्रेसको १४औं महाधिवेशन

४६ मध्ये २७ जिल्ला सभापति देउवा पक्षको जित



काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत जिल्ला समितिहरूकाे निर्वाचनमा संस्थापन पक्ष बलियो देखिएको छ । आइतबार बेलुकासम्मको मत परिणामअनुसार संस्थापन अर्थात शेरबहादुर देउवा पक्षले ४६ जिल्लामा सभापति जितेका छ भने संस्थापन इतर पक्षले भने १९ जिल्लाको सभापति जितेको छ ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिकाअनुसार ७७ मध्ये ४६ जिल्लामा नयाँ नेतृत्व चयन भइसकेको हो । केही जिल्लामा भने सर्वसम्मत रुपमा नेतृत्व चयन गरिएको छ । मतपरिणाअनुसार सल्यानमा केशरबहादुर विष्ट, डोल्पाबाट दीपेन्द्र शाही, डडेल्धुरामा भीमबहादुर साउद, जुम्लामा कणबहादुर शाही, जाजरकोटमा बेदराज सिंह, पाँचथरमा रुपनारायण जवेगु, लमजुङमा डा. टकबहादुर गुरुङ, डोटीमा नरेन्द्रबहादुर सिंह संस्थापन समूहबाट सभापति निर्वाचित भएका छन् ।

यस्तै ताप्लेजुङमा गजेन्द्रप्रसाद तुम्याहाङ, हुम्लामा मोहनविक्रम सिंह, रामेछापमा पूणर्बहादुर तामाङ (कान्छाराम), मुगुमा ऐनबहादुर शाही, बझाङमा खडक बोहरा, म्याग्दीमा खमबहादुर गर्बुजा र मनाङमा शंकर गुरुङ पनि संस्थापन समूहबाटै जिल्ला सभापति निर्वाचित भएका छन् ।
यसैगरी, ओखलढुंगामा तेजेन्द्र खनाल संस्थापन समूहबाटै सभापति निर्वाचित बनेका छन् । यता पर्वतमा युवराज जोशी विजयी भएका छन् छन् । यसैगरी रुकुम पश्चिममा प्रेमप्रकाश ओली सर्वसम्मत सभापति बनेका छन् । उनी पनि देउवा निकट हुन् ।

इलाममा पनि संस्थापन समूहबाटै डम्मर खड्का जिल्ला सभापति निर्वाचित बने । रुपन्देहीमा पनि संस्थापन पक्षका रामकृष्ण खाँण सर्वसम्मत रुपमा जिल्ला सभापति निर्वाचित बनेका छन् । यस्तै कञ्चनपुरमा देउवा पक्षका पदम बोगटी विजयी भएका छन् । ललितपुरमा पनि देउवा समूहकै जितेन्द्रकुमार श्रेष्ठ विजयी भए ।

यता स्याङ्जा सभापतिमा निर्वाचित राजु थापासमेत संस्थापन निकट हुन् । स्याङ्जामा राजु थापा, कास्कीमा किशोरदत्त बराल र काभ्रेमा तीर्थ लामा पनि संस्थापन समूहबाटै सभापति निर्वाचित भए । जाजरकोट र मनाङमा पनि संस्थापन पक्षकै सर्वसम्मत सभापति भएका थिए । नुवाकोट सभापति रमेश महतले पनि संस्थापन समूहको सहयोगमा जित हासिल गरेका छन् । यस्तै रामचन्द्र पौडेल समूहबाट दैलेखमा मणीराम रेग्मी सभापतिमा चुनिएका छन् ।

यस्तै, संखुवासभामा दीपक खड्का, कालीकोटमा अम्मबहादुर शाही, दोलखामा बर्मा लामा, मुस्ताङमा रोमी गौचन, रुकुम पूर्वमा केशरमान रोका, गोरखामा नन्दप्रसाद न्यौपाने, बाजुरामा रामसिंह रावल पनि पौडेल समुहबाटै जिल्ला सभापति बनेका छन् ।

यसैगरी, अर्घाखाँचीमा केशव श्रेष्ठ, प्यूठानमा विष्णुकुमार गिरी, बैतडीमा चतुरबहादुर चन्द, भोजपुरमा विनोद बान्तवा र तेह्रथुममा अर्जुनबहादुर तुम्बाहाङ्फे पनि पौडेल समूहबाटै निर्बाचित भए ।

रोल्पामा किशोर आचार्य संस्थापन इतरबाटै जिल्ला सभापतिमा जितेका छन् । पौडेल पक्षबाटै खोटाङमा विष्णुकुमार राई जिल्ला सभापति निर्वाचित भएका छन् भने पश्चिम नवलपरासीमा इतर समूहबाटै अर्जुनकुमार पोखरेल जिल्ला सभापति निर्वाचित भएका छन् । यस्तै पाल्पाबाट हिमालदत्त श्रेष्ठले पनि पौडेल समूहबाटै निर्वाचित भए ।

यसैगरी दार्चुलामा ललितसिंह बोहोरा पनि पौडेल समूहबाट विजयी बने भने दाङमा शंकर डाँगी पनि संस्थापन इतर समूहबाटै जिल्ला सभापति चयन भए । यता झापामा सिटौला पक्षका देउकुमार थेवे निर्बाचित भएका छन् । अन्य केही जिल्लामा समेत धमाधम नेतृत्व चयनको प्रक्रिया जारी छ ।

प्रतिक्रिया दिनुहोस्