Logo
Logo
एमालेको १०औं महाधिवेशन

भीम रावलले अध्यक्षको मनोनयन भरे, दर्ता गर्न पाएनन्


19.6k
Shares

काठमाडौं । १०औं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरिसकेका नेकपा एमालेका नेता भीम रावलले मनोनयन पत्र भरेका छन् । तर, दर्ता गर्न भने पाएनन् ।

महाधिवेशन अन्तरगत जारी बन्दसत्रमा निर्वाचन प्रकृया प्रारम्भ भएलगत्तै रावलले मनोनयन पत्र भरेका हुन् । मनोनयन फारम भरेका रावलले निर्वाचन आयोगले दर्ता गर्ने समय दिए लगत्तै दर्ता गर्ने बताएका छन् ।

यसैबीच, निर्वाचन प्रकृया प्रारम्भ गरेको नेकपा एमाले केन्द्रीय निर्वाचन आयोगले मंगलबार बिहान ८ बजेसम्मका लागि निर्वाचनसम्बन्धी सबै प्रकृया स्थागित गरेको छ ।

मनोनयन फारम वितरण लगत्तै प्रकृया स्थागित गरिएका कारण रावलले मनोनयन पत्र दर्ता गराउने नपाएका हुन् । उनले बिहान ८ बजेसम्म कुर्नुपर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्