Logo
Logo

एमालेको १०औँ महाधिवेशन : यस्तो छ मतदानस्थल



चितवन । नेकपा एमालेको चितवनमा जारी १०औँ महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि मतदान हुँदैछ । अरु केही पदामा सर्वसम्मत चयन भएपनि अध्यक्षसहित तीन पदका लागि मतदान हुन लागेको हो । मतदानका लागि इलेक्ट्रोनिक बँथ तयार गरिएको छ ।

एमालेको अध्यक्षमा वर्तमान अध्यक्ष केपी ओली र भीम रावलबीच प्रतिस्पर्धा हुँदैछ। वर्तमान उपाध्यक्ष भीम रावलले अध्यक्षमा उम्मेदवारी दिएपछि मतदान हुने भएको हो ।

त्यस्तै, ६ जना उपाध्यक्षमा ७ जनाको उम्मेदवारी परेपछि मतदान हुने भएको छ । ७ सचिवमा ९ जनाको उम्मेदवारी परेको छ । अध्यक्ष ओलीले प्रस्ताव गरेका ६ उपाध्यक्षमा घनश्याम भुसालले समेत उम्मेदवारी दिएपछि निर्वाचनमा जानुपर्ने भएको हो ।

त्यसैगरी ओलीद्वारा प्रस्तावित ७ सचिवसँगै भीम आचार्य र टंक कार्कीको समेत उम्मेदवारी परेपछि सचिवमा समेत मतदान गर्नु परेको केन्द्रीय निर्वाचन आयोगका सदस्य बाबुराम दाहालले जनाए ।

प्रतिक्रिया दिनुहोस्