चितवन । एमाले महाधिवेशनमा अध्यक्षसहित केही पदमा मतदान हुने भएपछि उम्मेदवारहरु भोट माग्न व्यस्त भएका छन् । चितवनमा जारी एमालेको १०औँ महाधिवेशनमा आज अध्यक्षसहित उपाध्यक्ष, सचिव र केन्द्रीय सदस्यका लागि मतदान हुँदैछ ।
उम्मेदवारी दर्ता गरेलगत्तै केपी शर्मा ओलीदेखि अध्यक्ष पदमै उम्मेदवारी दिएका भीम रावल र अन्य पदका उम्मेदवारले महाधिवेशन स्थलमा ‘नमस्कार गर्दै’ प्रतिनिधिहरुसँग मोट मागिरहेका छन् ।

निर्वतमान अध्यक्ष ओलीले महाधिवेशन आयोजनास्थलमा घुमेर महाधिवेशन प्रतिनिधिहरुसामु भोट माग्न थालेका छन् । यस्तै, अर्का अध्यक्षका उम्मेदवार भी रावलले पनि महाधिवेशन प्रतिनिधिसँग भेट गर्दै आफूलाई भोट दिन आग्रह गरिरहेका छन् ।
ओलीको सूची बाहिरबाट उपाध्यक्षमा उम्मेदवारी दिएका घनश्याम भुसाल र सचिव पदमा उम्मेदवारी दिएका टंक कार्कीले पनि भोट माग्न व्यस्त छन् । यस्तै, ओलीको सूचीमा नपरेका सचिवका उम्मेदवार भीम आचार्य भने उम्मेदवारी दर्तापछि कोरोना संक्रमणका कारण ‘आइसोलेसन’मा फर्किएका छन् ।

उपाध्यक्ष पदका उम्मेदवारहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा, विष्णु पौडेल, सुवास नेम्वाङले पनि महाधिवेशन प्रतिनिधिसँग भोट मागिरहेका छन् ।