Logo
Logo

काठमाडौं मल अगाडि दुर्घटना, युवतीको मृत्यु


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३ जेठ ।
काठमाडौँ मल आगाडि भएको दुर्घटनामा युवतीको मृत्यु भएको छ । पानी ट्यांकरले एक मोटरसाइकललाइ ठक्कर दिदा मोटरसाइकलमा सवार युवतीको घटनास्थलमै मृत्यु भएको हो ।

महानगरीय प्रहरी वृत्त जनसेवा वृतका डिएसपी वासुदेव खतिवडाका अनुसार पानी ट्यांकरको ठक्करले २३ वर्षीय सुनिता केसीको मृत्यु भएको छ । र ना २ खा ४२२२ नम्बरको पानी ट्यांकरले बा.३७.प. ११६६ नम्बरको मोटरसाइकलाई ठक्कर दिएको हो। पानी ट्यांकरका चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्