Logo
Logo

तनहुँ जलविद्युत् आयोजनामा ढिलाइ नगर्न उर्जामन्त्रीको निर्देशन



तनहुँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले तनहुँ जलविद्युत् आयोजना निर्माणमा ढिलाइ नगर्न निर्देशन दिएका छन् ।

तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको आयोजनाको आज निरीक्षणपछि कर्मचारीलाई निर्देशन दिँदै मन्त्री भुसालले समयमै आयोजना निर्माण सम्पन्न गर्नेतर्फ कटिबद्ध भएर लाग्न निर्देशन दिएकी हुन् ।

‘प्रशासनिक जटिलताका कारण आयोजनाको काममा समस्या हुँदैन, त्यसका लागि सहजीकरण गर्न म सदैव तयार छु’, उनले भनिन्, ‘आयोजनास्थलमा दत्तचित्त भएर लाग्नुहोला ।’ मन्त्री भुसालले आयोजनाको काममा कुनै समस्या आए राजनीतिक दल, जनप्रतिनिधि र सरोकारवालाले सहयोग गर्नुपर्नेमा जोड दिइन् ।

उनले तनहुँ जलविद्युत् आयोजना राष्ट्रको समृद्धिको परियोजना भएकाले स्रोतसाधनमा कमी नहुने विश्वास व्यक्त गरिन् । ‘रणनीतिक हिसाबले जलाशययुक्त यो योजना निकै महत्वपूर्ण छ, स्रोतसाधनको कमी हुँदैन’, उनले भनिन् । मन्त्री भुसालले आयोजनाले तनहुँका जनताको जीवनस्तर उकास्न सहयोग पु¥याउने बताइन् ।

प्रतिक्रिया दिनुहोस्