Logo
Logo
एमालेको १०औं महाधिवेशन

एमालेमा परिवारवाद- श्रीमान महासचिव, श्रीमति र बहिनी केन्द्रीय सदस्य



सौराहा, चितवन । नेकपा (एमाले)को १०औं महाधिवेशन सम्पन्न हुने क्रममा छ । केही सर्वसम्मत निर्वाचित भइसके भने केही मतदान प्रकृयाबाट निर्वाचित हुने क्रममा छन् ।

एकताको महाधिवेशन भन्दै सहमतिमा नेतृत्व चुन्ने क्रममा कोही जिम्मेवारी विहीन भए भने होली सिङ्गो परिवार नै केन्द्रीय कमिटीमा अटाए ।

एमालेको ९औं महाधिवेशनमा उपमहासचिवमा पराजित शंकर पोखरेल यसपटक निर्विरोध महासचिव निर्वाचित भएका छन् । महासचिवमा निर्वाचित पोखरेलका श्रीमति सुजिता शाक्य र बहिनी मेनका पोखरेलसमेत केन्द्रीय सदस्य निर्वाचित भएका छन् । सुजिता यसअघि पनि केन्द्रीय सदस्य थिइन । यसअघिको कमिटीमा उनले स्वास्थ्य विभाग प्रमुखको जिम्मेवारी निर्वाह गरेका छन् ।

बहिनी मेनका पोखरेल त्रिविअन्तर्गतको महेन्द्र बहुमुखी क्याम्पसमा प्राध्यापनरत छिन् । उनी लुम्बिनी प्रदेशको महिला तर्फबाट केन्द्रीय सदस्य निर्वाचित भएका हुन् ।

यस्तै, सचिवका उम्मेदवार रघुवीर महासेठकी श्रीमती जुलीकुमारी महतो केन्द्रीय सदस्य निर्वाचित भएका छन् । जुली मधेसी महिलातर्फबाट निर्विरोध निर्वाचित भएका हुन् । केपी शर्मा ओली नेतृत्वको सरकारमा उनी मन्त्रीसमेत बनेकी थिइन् । ओली सरकारमा रघुवीर र जुलीको जोडी पालैपालो मन्त्री भएका थिए ।

यसैगरी, एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङ र उनकी श्रीमती उषाकला राईसमेत केन्द्रीय सदस्य बनेका छन् । उषाकला प्रदेश १ को महिलातर्फबाट निर्विरोध निर्वाचित भएका छन् । शेरबहादुर खुल्लातर्फबाट उम्मेदवार छन् ।

एमालेमा श्रीमान–श्रीमती केन्द्रीय सदस्य हुँदैगर्दा ओलीले केन्द्रीय कमिटीको पदाधिकारीमा नराखेपछि लालबाबु राउतले एमालेको कुनै कार्यएकारी पदमा नरहने भन्दै राजीनाम घोषणा गरेका छन् । लालबाबुले उपाध्यक्षमा उम्मेदवारी दिन पाउँनुपर्ने आकांक्षा ओलीसमक्ष पेश गरेका थिए । तर ओलीले लालबाबुलाई आफ्नो टिममै नराखेपछि उनले राजीनामा दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्