Logo
Logo

बालविवाहविरुद्ध दुईतिहाइ मत


नन्दा थापा


बाजुरा । बाजुरामा बालविवाह रोक्न पछिल्लो समय विभिन्न रचनात्मक कार्यक्रम हुँदै आएका छन् । बाजुराको बढीगंगा नगरपालिका–४ मा बालविवाहविरुद्ध मतदान नै गराइएको छ । ‘सबै जुटौ बालविवाह रोकौँ’ भन्ने मूल नाराका साथ बालविवाह अन्त्य गर्न वडामा मतदान गरिएको हो । बुढीगंगा नगरपालिकाको समन्वय तथा पीस विन र गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा थुमा माध्यमिक विद्यालयको आयोजनामा मतदान गरिएको वडा अध्यक्ष रामबहादुर कटुवालले बताए ।

बालविवाहविरुद्ध पक्ष र विपक्षको निर्वाचन भएको थियो । जसमा बालविवाह गर्न हुने र नहुने विषयबस्तु तथा चित्रसहित मतपत्र थियो । बालविबाहविरुद्ध पक्ष र विपक्षमा वडाभित्रका अभिभावक र विद्यार्थीले मतदान गरेका थिए ।

थुमा माध्यमिक विद्यालयको प्रांगणमा भएको मतदानमा दुई सय ८० मत खसेको थियो । करिब ९८ प्रतिशतले बालविवाहविरुद्ध मतदान गरेको निर्वाचन अधिकृत तथा थुमा माध्यमिक विद्यालयका प्रअ पूर्णबहादुर खातीले बताए । बालविवाहको विपक्षमा दुई सय ८० र विपक्षमा जम्मा १४ मत परेको थियो । चार मत भने बदर भएको थियो ।

वडाध्यक्ष कटुवालले आफ्नो वडामा बालविवाह अन्त्य भए÷नभएको मतको परिणामले संकेत गरेको बताए । बालविवाह गर्न नहुने पक्षमा अत्यधिक मत परेकोमा उनले खुसी व्यक्त गरे ।

कटुवालले अब बालविवाहमुक्त वडा घोषणा गर्ने तयारी थाल्ने बताए । पीस विन बाजुुरा र गुड नेवर्स इन्टरनेशनल नेपालको बालविवाहविरुद्ध सचेतनामूलक कार्यक्रमले राम्रो परिणाम निस्केको उनले बताए । ‘जनचेतनामुलक कार्यक्रमले वडाका किशोर, किशोरी, अभिभावकहरू धेरै सचेत भइसकेका छन्, अब छिट्टै बालविवाहमुक्त वडा घोषणा गर्न तयारीमा लाग्नेछु’ उनले भने ।

मतदान कार्यक्रममा वडाध्यक्ष कटुवाल, वडा सदस्य मोतीकला थापा, थुमा माध्यमिक विद्यालयका प्रअ पूर्णबहादुर खाती, अभिभावक संघका अध्यक्ष कर्ण खाती, महिला स्वयंमसेविका सकुन्तला कटुवाल, गुड नेवर्स इन्टरनेशनल नेपालका प्रायोजित सेवा तथा बाल संरक्षण अधिकृत गोविन्द चौधरी, पीस विन बाजुराका कार्यक्रम सजकर्ता गोमती कटुवाल, टाटे प्रहरी चौकी इन्चार्ज, अभिभावक, विद्यार्थीलगायतको सहभागिता थियो ।

पालिकाको समन्वयमा पीस विन बाजुरा र गुड नेवर्स इन्टरनेशनल नेपालले बालविवाहविरुद्ध बुढीगंगा नगरपालिकाका विभिन्न वडाहरूमा भित्तेलेखन, सञ्जाल गठन, अन्तत्र्रिmया कार्यक्रम, बालविवाहविरुद्ध सडक¥याली, सडकनाटक, रेडियो नाटक तथा जिंगल, अतिरिक्त क्रियाकलाप, सचेतनामूलक देउडा, तालिम तथा अभिमुखीकरण, हस्ताक्षर अभियान, मतदान अभियान, ब्रोसर, पम्प्लेट प्रर्दशन, होडिङ बोर्डलगायतका जनचेतामूलक कार्यक्रम गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्