Logo
Logo
कांग्रेसको १४औं अधिवेशन

कर्णाली र गण्डकीमा पौडेल समूह लगभग ‘क्लिन स्वीप’



काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तरगत जारी जिल्ला अधिवेशनहरुमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूह गण्डकी र कर्णालीमा लगभग ‘क्लिन स्वीप’ भएको छ ।

हालसम्म ५८ जिल्लामा कांग्रेस अधिवेशन सकिएको छ । ५८ मध्ये ३२ जिल्लामा देउवा पक्ष र २६ जिल्लामा रामचन्द्र पौडेल पक्षले जितेको छ । जिल्ला सभापतिमा कर्णाली र गण्डकीका सबै जिल्लाको मत परिणाम घोषणा भइसकेको छ ।

गण्डकीमा संस्थापनबाट क्रमशः शंकर गुरुङ मनाङ, टकराज गुरुङ लमजुङ, जितप्रकास आले तनहुँ, नन्दप्रसाद न्यौपाने गोरखा, किशोरदत्त बराल कास्की, राजु थापा स्याङजा, जीतबहादुर शेरचन बागलुङ, युवराज जोशी पर्वत र खमबहादुर गरबुजाले जितेका छन् । संस्थापन इतर पौडेल समूहबाट मुस्ताङमा रोमी गौचनले मात्र जित हात पारेका छन् । नबलपुरको परिणाम आउन बाँकी छ ।

कर्णालीका १० जिल्लामध्ये संस्थापन पक्षका ८ तथा इतर पक्षका दुई जनाले सभापति जितेका छन् । संस्थापन समूहबाट सल्यानमा केशरबहादुर विष्ट, मुगुका ऐनबहादुर शाही, पश्चिम रुकुममा प्रेमप्रकाश ओली, जुम्लाका कर्णबहादुर शाही, डोल्पाका दीपेन्द्र शाही, जाजरकोटका बेदराज सिंह (सर्वसम्मत), हुम्लाका मोहनविक्रम सिंह र सुर्खेतका खड्क पोख्रेल निर्वाचित भएका छन् । संस्थापन इतर पौडेल समूहबाट कालिकोटका अम्मबहादुर शाही र दैलेखमा मणिराज रेग्मी निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्