Logo
Logo

नेपालमै पहिलो वातारवण मैत्री एम्बुलेन्स



काठमाडौं । किस्ट मेडिकल कलेज काठमाडौं नेपालकै पहिलो इलेक्ट्रिक एम्वुलेन्स प्रयोग गर्ने शिक्षण अस्पताल बनेको छ ।

किस्ट मेडिकल कलेजले प्रयोगमा ल्याएको वीवाइडी एम्वुलेन्स भित्र विरामीका लागि अत्याधुनिक उपकरण जडान गरिएको छ । कोभिडका विरामीहरुलाई लक्षित गरेर बनाइएको उक्त एम्वुलेन्समा अक्सिजन, भेन्टिलेटर लगायतका उपकरण जडान गरिएका छन् ।

काठमाडौंमा बढ्दो प्रदुषणलाई ध्यानमा राखेर पहिलोपटक वातावरण मैत्री इलेक्ट्रिक एम्वुलेन्स प्रयोगमा ल्याइएको किष्ट मेडिकल कलेजले जानकारी दिएको छ ।

एकपटक चार्ज गरेपछि उक्त ३१० किलो मिटरसम्म गुड्ने एम्लुलेन्सको मुल्य ४० लाख रुपैयाँ रहेको नेपालमा विद्युतीय यातायातका साधन विक्र गर्दै आएको कम्पनी साइमेक्स इंकले जानकारी दिएको छ ।

चीनको विश्व विख्यात व्याट्री निर्माता कम्पनी वीवाइडीले निर्माण गरेको इ–६ मोडेलको व्याट्री एम्वुलेन्सम प्रयोग गरिएको छ । उक्त व्याट्रीको ग्यारेन्टी १० वर्ष रहेको साइमेक्सले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्