Logo
Logo

माओवादीको राष्ट्रिय सम्मेलन प्रज्ञा भवनमा



काठमाडौं । नेपका (माओवादी केन्द्र)ले राष्ट्रिय सम्मेलन काठमाडौंको प्रज्ञा प्रतिष्ठानको भवनमा गर्ने निर्णय गरेको छ ।

आज (बिहीबार) बसेको माओवादीको स्थायी कमिटीको उक्त निर्णय प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । माओवादीको राष्ट्रिय सम्मेलन पुस ११ देखि १३ गतेसम्म आयोजना हुँदैछ ।

महराले भने, ‘स्थायी कमिटीको बैठकले पार्टीको राष्ट्रिय सम्मेलन निर्धारित मिति पुस ११ देखि १३ गतेसम्म काठमाडौंस्थित प्रज्ञा भवनमा गर्ने पनि निर्णय गरेको छ ।’

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले वडा अधिवेशन सफलताका साथ सम्पन्न भएको निष्कर्ष निकालेको महराले जानकारी दिए । कतिपय पालिकाहरूमा भने अधिवेशन स्थगित भएपनि शुक्रबारसम्म सक्ने तयारी भएको जानकारी प्राप्त भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्