Logo
Logo

कांग्रेसका पुराना गुट तितरबितर



काठमाडौं । कांग्रेसमा महाधिवेशनका लागि एक सातामात्रै बाँकी हुँदा पनि सभापतिका आकांक्षी नेताहरू आफ्नो उम्मेदवारीबारे ढुक्क छैनन् ।सभापतिका स्वाभाविक उम्मेदवारले समेत आफ्नो टिम बनाउन सकेका छैनन् । नेताहरू आफ्नो नेतृत्वमा प्यानल बनाउने कसरत गरिरहेका छन् । महाधिवेशनको मुखैमा चौतर्फी गुटगत चलखेल सुरू भएको छ ।

सबै आकांक्षीहरू आ–आफ्नो राजनीतिक भविष्य सुरक्षित गर्न गुटभित्र र अन्तरगुटका चलखेलमा सक्रिय छन् । विगतमा बलियो आधार बनाएर रहेका परम्परागत गुटहरू भने यसपटक तितरबितर छन् । ‘अहिल्यै १४ औँ महाधिवेशनमा क–कसका बीच प्रतिस्पर्धा हुन्छ भन्ने यकिन गर्न सक्ने अवस्था छैन, तर अब ठूलै आश्चर्य नभए सभापतिका लागि चार जनाभन्दा धेरै आकांक्षी हुने लगभग निश्चित छ,’ एक केन्द्रीय सदस्यले इकान्तिपुरसँग भने ।

विगतमा चार पटकसम्म सर्वसम्मत रहेका वर्तमान सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा नै अहिले आफ्नै गुटमा सर्वसम्मत छैनन् । उनी आफैँले उपसभापति बनाएका विमलेन्द्र निधि सभापतिमा उम्मेदवारी घोषणा गरेर अघि बढिसकेका छन् भने पूर्वउपसभापति गोपालमान श्रेष्ठले पनि सभापतिमै दाबी गरेका छन् । निधिको उम्मेदवारीलाई देउवाले महत्व दिएका छैनन् । देउवाले महत्व नदिएपछि निधि आफैँ गुट खडा गरेर अघि बढ्ने तयारीमा छन् ।, यो समाचार कान्तिपुर दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्