Logo
Logo
कांग्रेसको १४औँ महाधिवेशन

आज प्रदेश अधिवेशनको मनोनयन, भोलि चुनाव



काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्र्तगत आज प्रदेश नेतृत्व चयनका लागि मनोनयन हुँदैछ । बिहिबार सुरु भएको अधिवेशनअन्तर्गत चुनावी प्रक्रियामा आज प्रदेशहरुमा मनोनयन दर्ताको कार्यक्रम हुँदैछ ।

देशको संविधानअनुसार पहिलोपटक कांग्रेसले सातै प्रदेशको नेतृत्व चयन गर्दैछ । प्रदेश नेतृत्व चयनका लागि प्रदेश २ बाहेका अन्य प्रदेशमा उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ । प्रदेश २ को अधिवेशन भने महाधिवेशन पछि हुने कांग्रेसले जनाएको छ ।

आज उम्मेदवारहरूको मनोनयन दर्ता सकेर शनिबार चुनाव गर्ने कांग्रेसको तयारी छ । प्रदेश सभापति, दुई उपसभापति, दुई महामन्त्री र एक महिलासहित तीन सहमहामन्त्री तथा सदस्य पदका लागि चुनाव हुँदैछ । कोषाध्यक्ष भने मनोनित पद हो ।

प्रदेश सभा क्षेत्रीय प्रतिनिधि, महाधिवेशन प्रतिनिधि, सम्बन्धित क्षेत्रका केन्द्रीय सदस्य र सांसद प्रदेश अधिवेशनका मतदाता छन् ।

आधिकारिक ब्यानर सार्वजनिक
नेपाली कांग्रेसले १४औँ महाधिवेशनका लागि आधिकारिक ब्यानर सार्वजनिक गरेको छ । बुधबार प्रदेश अधिवेशनको भर्चुअल उद्घाटन कार्यक्रममा प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले महाधिवेशनको आधिकारिक ब्यानर सार्वजनिक गरेका हुन् ।

कांग्रेस केन्द्रीय प्रचार प्रसार समितिले १४औं महाधिवेशनको ब्यानर सार्वजनिक गरेको हो । नेपाली कांग्रेसको १४औं राष्ट्रिय महाधिवेशन यही मंसिर २४ गतेदेखि २६ गतेसम्म काठमाडौंमा हुँदैछ ।

महाधिवेशनका लागि ‘उत्साह, एकता, रूपान्तरण, सफल बनाऔं कांग्रेसको १४ औं महाधिवेशन’ नारासमेत कांग्रेसले तय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्