Logo
Logo

दाङमा एकीकृत समाजवादी पार्टी पहिलो शक्ति बन्छौँ : सासंद केसी



दाङ । प्रतिनिधिसभा क्षेत्र नं ३ का सासंद हिराचन्द्र केसीले नेकपा (एकीकृत समाजवादी) दाङमा पहिलो शक्ति बन्ने बताएका छन् । पछिल्लो समय नेपालका अधिकाशं जिल्लालगायत दाङमा पनि एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्नेको लहर चलेकाले पाँच वर्षमा दाङमा आफ्नो पार्टी पहिलो शक्ति हुने दाबी गरे ।

शुक्रबार दाङ तुलसीपुरमा भएको पार्टीको जिल्ला भेलामा बोल्दै केन्द्रीय सदस्य तथा दाङ जिल्ला सहइन्चार्ज रहेका केसीले नेपालका कम्युनिष्ट पार्टीहरुको नेतृत्वसमेत नेकपा (एकीकृत समाजवादी)ले गर्ने बताए । एकीकृत समाजवादी पार्टी जसरी एमालेबाट फुटेर बनेको पार्टी भन्ने हल्ला र केपी ओलीले एमालेबाट चोइटिएको सानो टुक्रा भनेजस्तो नभएर विद्रोह गरेपछि निर्माण पार्टी भएको बताए ।

केपी ओली कम्पनीले आगामी निर्वाचनमा के एजेन्डा लिएर चुनावमा जान्छ हेर्न बाँकी रहेको उनको भनाइ थियो । हिजो बहुमत दिनुस् हामी पाँच वर्ष नमूना सरकार निर्माण गरेर सुखी नेपाली समृद्ध नेपाल बनाउँछौ भनेर जनताले बहुमत दिएका नेपाली जनतालाई अब पनि भोट दिनुस् तीन वर्षमा संसद् विघटन गर्छाैं भनेर भोट माग्दै निर्वाचनमा जान्छन् त ? उनको प्रश्न थियो ।

‘यात्रा समृद्धिको लक्ष्य समाजवादको’ मूल नारा लिएको एकीकृत समाजवादी पार्टीको जिल्ला भेला तुलसीपुर उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न भएको हो । भेलालाई पार्टीका केन्द्रीय उपमहासचिव डा. विजय पौडेल, सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज भागवत विश्वासी, पोलिटब्युरो सदस्य मेटमणि चौधरी केन्द्रीय सदस्य जोगबहादुर राना, हिराचन्द्र केसी, अनारकली मियाँलगायतका करिब एक दर्जन नेताहरुले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्