Logo
Logo

सौताको छोरालाई विष खुवाई हत्या



कैलाली । सौताको छोरालाई विष खुवाई हत्या गरी फरार रहेकी एक महिला पक्राउ परेकी छन् ।

बाजुरा खप्तड छेडेदह गाउँपालिका–२ घर भएकी ३५ वर्षीया मागी रोकायालाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । उनी हाल कैलाली धनगढी उपमहानगरपालिका–२ मालिका टोल बस्दै आएकी थिइन् ।

भारतमा रहेका मागीका श्रीमान ३५ वर्षीय बहादुर रोकायाले मंसिर २ गते आफन्तलाई फोन गरी मागी रोकाया सम्पर्क विहीन भएको भन्दै उनका आफन्तलाई जानकारी गराएका थिए ।

उनका आफन्तले उक्त कोठामा बालकको खुट्टामात्र अगाडिको झ्यालबाट देखिएको र कोठामा कोही नभएको भन्दै प्रहरीलाई जानकारी गराएका थिए । त्यसपछि प्रहरी जाँदा उनका सौतको १० वर्षीय छोरा निशान्त थापामगरको शव फेला परेको थियो ।

फरार रहेकी मागीलाई भारतीय प्रहरीको सहयोगमा प्रहरीले भारतको हरियाणा प्रेम चोकमा फेला पारेको थियो ।

प्रारम्भिक अनुसन्धानको क्रममा मागी रोकाया र उनका श्रीमानबीच विवादभएपछि मागीले गत कात्तिक २९ गते निशान्त स्कूलबाट फर्किएपछि दुधमा विष मिसाई खुवाएको प्रहरीले जनाएको छ । त्यसपछि उनी भारतर्फ गएकी थिइन् ।

जिल्ला अदालत कैलालीबाट म्याद थप अनुमति प्राप्त गरी थप उनीमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्