आइएसद्धारा सिरियामा १० जनाको हत्या « Drishti News – Nepalese News Portal
Logo

आइएसद्धारा सिरियामा १० जनाको हत्या


दृष्टि संवाददाता


एजेन्सी । आइएसले सिरियाको अल खारताको एक तेल खानीमा काम गर्ने कम्तीमा पनि १० जना मजदुरको हत्या गरेका छन् । उनीहरुले बिहीबार सो क्षेत्रबाट तेल खानीमा काम गर्ने मजदुरहरु बोकेर गएको बसमा विद्युतीय धराप थापेका थिए ।

सिरियाको पूर्वी क्षेत्रमा पर्ने दियार अल जोर प्रान्तमा उनीहरुको हत्या गरेका प्रहरीले जनाएको छ । सिरियाली समाचार समिति, सानाले दिएको समाचारअनुसार इराकको सीमा क्षेत्रमा पर्ने सो प्रान्तमा आइएसले तेलको खानीमा काम गर्ने कर्मचारी तथा मजदुरहरुलाई सधैँ तारो बनाउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्