Logo
Logo
दृष्टिको १० हेडलाइन्स्

राप्रपाको महाधिवेशनदेखि प्रधानन्यायाधीविरुद्ध महाअभियोग लगाउने तयारीसम्म



हेडलाइन्स्

१. राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्व चयनका लागि भोलि निर्वाचन हुने, अध्यक्ष पदका लागि कमल थापा र राजेन्द्र लिङ्देनद्वारा प्यानलसहित उम्मदेवारी दर्ता, थापा प्यानलबाट बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधानद्वारा उपाध्यक्षको उम्मेदवार, महामन्त्रीमा भुवन पाठक, भास्कर भद्रा र कुन्ती शाही, लिङ्देन प्यानलबाट उपाध्यक्षमा बिक्रम पाण्डे, दिलविकास राजभण्डारी, रामचन्द्र राय र लीला श्रेष्ठ, महामन्त्रीमा डा धवल शम्शेर राणा, श्याम तिमिल्सिना र रेखा थापा ।

२. प्रधानन्यायाधी चोलेन्द्र शमसेर जबराविरुद्ध महाअभियोग लगाउने तयारी, जबराविरूद्ध संसदमा महाअभियोग लगाउने तयारी भइरहेको सत्तारूढ नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारी र नेकपा (माओवादी केन्द्र) का सांसद रामनारायण बिडारीको भनाइ, महाअभियोग लगाएर पदच्यूत गर्न सकिने आधार पर्याप्त भएको अधिकारीको दाबी, जबरालाई भविष्यमा राज्यबाट कुनै पनि सेवा, सुविधा लिन नपाउने गरी संसदीय समितिले छानबिन गर्ने बिडारीको भनाइ ।


३. परमादेशको सरकारबाट देश नचलेको भन्दै ताजा जनादेशमा जान एमाले अध्यक्ष केपी शर्मा ओलीको आग्रह, मंसीर २८ गते हुने संसद बैठक चल्न नदिने अडान, अदालतमा देखिएको अवस्था पाँच दलीय गठबन्धनको विसंगतिको प्रतिबिम्ब रहेको र गलत फैसला गराएर अदालतको हुर्मत लिने काम गरेको आरोप, सभामुखले एमाले फुटाएको आरोप, सभामुख निष्पक्ष हुन सकेन भनाइ ।


४. प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आज पनि नेपाल बार एशोसियशनको आन्दोलन, जबरा कायममुकायम प्रधानन्यायाधीश बन्न नदिन अस्पतालबाट डिस्चार्ज भएको आरोप, सर्वोच्च अदालतमा पाँचसातापछि निकै उत्साहजनक सुनुवाइ, १२ मुद्दामा फैसला र २९ मुद्दामा आदेश ।

५. अबको केही महीनामै स्थानीय तहको चुनाव हुने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भनाइ, जनताको विश्वास जित्ने गरी चुनावमा केन्द्रित हुन नेता कार्यकर्तालाई निर्देशन, कांग्रेसको इतिहास र संघर्षका गाथा गौरवशाली भए पनि वर्तमान अवस्था त्यो सुहाउँदो नभएको नेता शेखर कोइरालाको भनाइ, महाधिवेशनले युग सुहाउँदो कांग्रेस निर्माण गर्ने अवसर प्रदान गरेको दाबी ।

६. विधान परिमार्जन गर्नको लागि ५ सदस्यीय उपसमिति बनाउने माओवादी केन्द्रको निर्णय, प्रवक्ता महराको नेतृत्वमा प्रचारप्रसार उपसमिति गठन, स्वयंसेवक र स्वास्थ्य उपसमिति बनाउने निर्णय, राष्ट्रिय सम्मेलनमा आउने प्रत्येक सदस्यहरुको प्रवेश शुल्क दुई हजार रुपैयाँ तोकिया, प्रतिनिधि छनोटका लागि प्रस्ताव तयार गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ।


७. नेपाल–कतार संयुक्त समितिको चौथो बैठकमा सन् २००५ मा भएको श्रम सम्झौता पुनरावलोकन गर्ने सहमति, कतार भिसा सेन्टरलाई थप व्यवस्थित गर्न कतार सहमत, नेपालबाट लैजाने श्रमिकको दक्षता वृद्धिका लागि कतार सरकारले सातवटै प्रदेशमा तालिम केन्द्र स्थापना गर्ने, घरेलु श्रममा लगाइएको प्रतिबन्ध हटाइदिन कतारको आग्रह ।


८. राष्ट्रिय परीक्षा बोर्ड सानोथिमिद्वारा कक्षा १२ को परीक्षाफल सार्वजनिक, तीन लाख ७४ हजार १५ परीक्षार्थीमध्ये सात हजार ३६ जनाले ‘ए’ प्लस, ४८ हजार २३९ जनाले ‘ए’, ७० हजार एक जनाले ‘बी’ प्लस र ९९ हजार ५३७ परीक्षार्थीले ‘बी’, ७५ हजार ८८ ‘सी’ प्लस, २४ हजार ५१५ परीक्षार्थी ‘सी’ ग्रेड ल्यायो, ‘डी’ प्लस, तीन हजार ८७५, २९६ जना ‘डी’ ल्याए भने १० हजार ७३ परीक्षार्थीले ‘इ’ ग्रेड ल्याए ।


९. कतार एअरवेज सहिद स्मारक ‘ए’ डिजिभन लिगमा सातदोबाटोको सानदार जित, विभागिय टोली नेपाल एपिएफ ४–१ को फराकिलो अन्तरले पराजित, अजयी मार्टिनले गरे ह्याट्रिक, थ्रीटार र फ्रेन्ड्सले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडे । सातदोबाटो ७ अंकका साथ अंक तालिकाको शीर्षस्थानमा ।


१०. ओस्लोमा क्रिसमस भोजमा सहभागी कम्तीमा १७ व्यक्तिलाई ओमिक्रोन सङ्क्रमण भएको आशङ्का, अमेरिकामा ओमिक्रोन भेरियन्टका आठ सङक्रमित देखिएपछि राष्ट्रपति जो बाइडेनद्वारा यात्रासम्बन्धी कडा नियमहरूको घोषणा, उत्तरी इराकमा भएको आक्रमणमा सर्वसाधारणसहित १० जनाको मृत्यु, आइएसद्धारा सिरियामा १० जनाको हत्या, संयुक्त राष्ट्रसंघको पहलमा अफगानिस्तानमा मानवीय सहायतासम्बन्धी सामग्री वितरण ।

प्रतिक्रिया दिनुहोस्