Logo
Logo

अब क्रान्तिको नेतृत्व कलमले गर्नेछ : प्रचण्ड



चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्तिको नेतृत्व अब कलमले गर्ने बताएका छन् । बन्दुक छोडेर अब कलमले क्रान्तिको नेतृत्व गर्ने अवस्था आएको उनले बताए ।

चितवनमा शनिबार प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको उदघाटन गर्दै अध्यक्ष प्रचण्डले हिजोका दिनमा क्रान्तिका लागि प्रमुख बन्दुक भएपनि आजको समयमा कलम प्रमुख भएको बताए ।

‘बन्दुक छोडेर कलमले क्रान्तिको नेतृत्व गर्ने अवस्था आएको छ । हिजो क्रान्तिमा बन्दुक प्रमुख हुन्थ्यो अहिले कलम प्रमुख भएको छ’ अध्यक्ष प्रचण्डले भने ।

प्रतिगमनका विरुद्ध लडका लागि होस् वा आर्थिक समृद्धिको यात्रामा प्रेस जगतको महत्वपुर्ण योगदान हुनुपर्ने बताउँदै उनले प्रेस जगतले व्यवस्था रक्षाका लागि गरेको योगदानको प्रशंसा गरेका छन् ।

गत बर्ष संविधान उल्टाउने प्रयास भएको र अहिले पनि प्रतिक्रियावादी चलखेल गरिरहेकाले प्रेस जगत सजग हुनुपर्ने उनले बताए ।

एमालेले चितवनमा गरेको महाधिवेशनलाई अध्यक्ष प्रचण्डले मण्डलेहरुको भेलाको संज्ञा दिदै भने, ‘एमालेले मण्डले मेला गर्यो । जहाँ मण्डले प्रविति देखियो । एमालेमा मण्डले करण पंचायती करणा र प्रतिगमनकारी पक्ष छ । हामी प्रतिगमनलाई रोक्न चाहन्छाँै ।’

प्रेस सेन्टरको चौथो महाधिवेसनले अध्यक्षसहित पदाधिकारी, सदस्य सहित नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुनेछ ।

प्रतिक्रिया दिनुहोस्