Logo
Logo

चोरिएको लक्ष्मी-नारायण मूर्ति ३६ वर्षपछि प्रतिस्थापन



काठमाडौं । २०४२ सालमा चोरी भएर अमेरिकाको टेक्सस पुर्‍याइएकाे लक्ष्मी नारायण (वासुदेव कमलाजा)को मूर्तिलाइ पहिलेकै मन्दिरमा प्रतिस्थापन गरिएको छ । शनिबार ललितपुरको पट्को टोलमा बाजागाजा र पूजाअर्चनासहित मन्दिरमा प्रतिस्थापन गरिएको हो ।

गएको चैत्र अन्तिम साता लक्ष्मी नारायणको मूर्ति अमेरिकाबाट नेपाल फर्काइएको थियो भने त्यसलगतै अमेरिकी दूतावासले मूर्ति नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । मूर्ति अमेरिकाको डल्लास म्युजियममा प्रदर्शनमा रहेको पाइएपछि नेपाल फर्काउन पहल गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्