Logo
Logo

रेखा थापा भन्छिन्- ‘यति धेरै मत पाउँदा प्रसन्न छु’



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महिला महामन्त्रीका उम्मेदवार रेखा थापाले आफु पराजय हुँदा पनि खुसी व्यक्त गरेकी छन् ।

महिला महामन्त्रीका अर्का उम्मेदवार कुन्ती शाहीसँग पराजित भएकी थापाले पार्टीका अधिकांशको मत जित्न सफल भएकोमा खुसी ब्यक्त गरेकी हुन् ।

‘कुन्तीजी राप्रपामा २० वर्षभन्दा लामो समयदेखि सक्रिय हुनुहुन्थ्यो, उहाँको पार्टीभित्र लामो योगदान छ ।’ राप्रपा एकता महाधिवेसनमा मत प्रकट गर्ने सबैलाई थापाले धन्यवाद पनि दिएकी छन् ।

शाहीले २ हजार ८ मत ल्याएर विजयी भइन् भने थापाले ३ सय ६८ मतले पछि पर्दै १ हजार ६ सय ४० मत सीमित भएकी छन् । कमल थापा पराजित भएको राप्रपा महाधिवेशनमा रेखा विजयी लिङ्देन समूहबाट महिला महामन्त्रीको उम्मेदवारी थिइन् । चार वर्षअघि मात्रै राप्रपामा प्रवेश गरेकी अभिनेत्रीसमेत रहेकी शाहीलाई थापाले बधाई ज्ञापनसमेत गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्