Logo
Logo

म्यानमारमा सेनाले कुदायो प्रदर्शनकारीमाथि गाडी, पाँच जनाको मृत्यु



एजेन्सी । म्यानमारमा सेनाले प्रदर्शनकारीहरूमाथि गाडी कुदाउँदा पाँच जनाको मृत्यु भएको छ । समाचार संस्था रोयटर्सका अनुसार आइतबार दिउँसो रंगुनमा भएको उक्त घटनामा १५ जना घाइते भएका छन् ।

सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिर र भिडिओमा सडकमा प्रदर्शनकारी हुँदा एउटा सैनिक गाडी बेतोडले आएको देखिन्छ। केही प्रदर्शनकारीलाई किचेर गाडी अघि बढेका थियो ।

म्यानमार गत वर्ष फेब्रुअरी १ मा सेनाले प्रजातान्त्रिक सरकारलाई हटाएर कू गरेको थियो। त्यसयता जुन्ता शासनविरूद्ध भएका प्रदर्शनमा १ हजार ३ सयभन्दा बढी मानिसको मृत्यु भएको छ । सैनिक शासनविरूद्ध अहिले पनि प्रदर्शन भइरहेका छन् ।

म्यानमारको छाया सरकारले शान्तिपूर्ण प्रदर्शनकारीलाई सैनिक गाडीले कुल्चेर मारेको र गोली हानेको घटना हृदयविदारक भएको बताएको छ। सैनिकबाट भएको बर्बरतापूर्ण आतंकवादको बदला लिने उसले चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्