Logo
Logo

अध्यक्षमा पराजित भएपछि कमल थापाको रोदन- यसपालि त मनै फाट्यो…



काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापाले राजेन्द्र लिङ्देनसँग पराजय व्यहोरेपछि आइतबार बिहानैदेखि सामाजिक सञ्जाल तथा बैठकहरुमा आक्रोश व्यक्त गरिरहेका छन् ।

पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वयुवराज्ञी हिमानी शाहबिरुद्ध आक्रोश व्यक्त गरेका थापाले आइतबार दिउँसो एउटा पुरानो गीत सम्झिएका छन् ।

थापाले आफ्नो अन्तर्मनभित्र रहेको मान्यतामा गम्भीर प्रश्नचिह्न खडा भएको उल्लेख गरेका छन् । उनले लेखेका छन्( ‘मेरो अन्तर्मन भित्र मेरो मान्यता माथि गंभीर प्रश्न चिन्ह खडा भएको अहिलेको अवस्थामा कवि राजेन्द्र थापाको यो कविता सम्झन मन लाग्यो

‘पोहोर साल खुशी फाट्दा जतन गरि मनले टाले त्यहि साल माया फाट्यो त्यसलाई पनि मनले टाले यसपाली त मनै फाट्यो केले सिउने केले टाल्ने हो ?’

आज बिहान आएको मतपरिणामअनुसार राजेन्द्रले एक हजार आठ सय ४४ मत ल्याएर अध्यक्ष निर्वाचित भएका थिए भने थापाले जम्मा एक हजार ६ सय १७ मत ल्याएका थिए । चार सय १३ मत बदर भएको थियो ।

प्रतिक्रिया दिनुहोस्