Logo
Logo

नेपालका बालसैनिकको मुद्दा जर्मनीको संसदमा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ४ जेठ ।
नेपालमा तत्कालिन माओवादीले बालबालिकालाई लडाकु बनाएर अन्यायमा पारेको भन्दै जर्मनको संसदमा उजुरी परेको छ । पूर्व बाल लडाकु लेनिन बिष्टले त्यहाँको संसदमा उजुरी गरेका हुन् ।


बालबालिकालाई युद्धमा प्रयोग गरेर उनीहरुको मानव अधिकार हनन भएको र उनीहरुलाई उचित शिक्षा, स्वास्थ्य लगायतका आधारभुत सुविधा दिन माग गरिएको छ ।
पूर्व बाल लडाकु बिष्टले अन्तराष्ट्रिय अपराध अदालत हेगमा समेत यस विषयमा उजुरी प्रक्रिया अघि बढाएका छन् ।

प्रतिक्रिया दिनुहोस्