Logo
Logo

संसदमा कांग्रेसको नाराबाजी




काठमाडौं, २२ पुस ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न सोध्न नपाएको भन्दै कांग्रेसका सांसदहरुले संसदमा नाराबाजी गरेका छन् । सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यक्रम अर्काे बैठकमा राख्ने बताएका थिए । तर, कांग्रेसका सांसदहरुले नमानेपछि केही सिमित सांसदलाई प्रश्न गर्न अनुमति दिए । तर, समितिलाई मात्र समय दिने सभामुखको निर्णयविरुद्ध पनि नमानेपछि सभामुखले शून्य समय खारेज गरिएको निर्णय सुनाए ।

त्यसपछि लेखा समितिका सभापतिलाई प्रतिवेदन पेश गर्न दिए । प्रतिवेदन पेश हुँदा कांग्रेस सांसदहरु रोष्टमको अगाडि आएर नाराबाजी गरेका थिए । १५ मिनेटका लागि बैठक स्थगित भएको छ ।
आइतबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्