Logo
Logo

रामचन्द्रका लागि छाडे शशांकले सभापतिको दाबी


4k
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले आसन्न १४ औं महाधिवेशनमा सभापतिको दावी छाडेका छन् ।

सभापतिका अर्का दाबेदार एवम् पूर्व महामन्त्री प्रकाशमान सिंह निवास चाक्सीबारीमा आज (मंगलबार) दिउँसोदेखि जारी इतर समूहको बैठकबाट बाहिरिंदै उनले यस्तो सभापतिको दावी आफूले छाडेको जानकारी दिएका हुन् ।

इतर समूहको बैठकमा युवा र केन्द्रीय सदस्यहरुले मिलेर साझा उम्मेदवार तय गर्न दबाब दिएपछि शशांक सभापतिको दौडबाट बाहिरिएका हुन् ।

‘मैले वरिष्ठ नेता रामचन्द्र पौडेलका लागि सभापतिको दाबी छाडें । रामचन्द्रजीले पनि एक पटक मेरा लागि छोडिदिनु भन्नु भएको छ’, कोइरालाले भने, ‘तर अरु मिलेमा उहाँले पनि छोड्ने संकेत गर्नु भएको छ ।’

प्रतिक्रिया दिनुहोस्