Logo
Logo
दृष्टिका १० हेडलाइन्स्

राष्ट्रियसभा निर्वाचनको तालिकादेखि कांग्रेस-माओवादी महाधिवेशनसम्म



हेडलाइन्स्

१. निर्वाचन आयोगद्वारा राष्ट्रियसभा निर्वाचनको कार्यतालिका सार्वजनिक, निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलले पुस १ देखि १० गतेसम्ममा दल दर्ता गर्नुपर्ने, १७ गते निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशन हुने, २० गते उम्मेद्वारको मनोनयनपत्र दर्ता र मनोनयनपत्र दर्ता भएको उम्मेद्वारको सूची प्रकाशन गरिने, २५ गते उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने उम्मेद्वारलाई निर्वाचन चिन्ह प्रदान गरिने ।


२. नेपाली कांग्रेसको १४औँ केन्द्रीय महाधिवेशनको तयारी अन्तिम चरणमा, विभिन्न देशका राजनीतिक दललाई महाधिवेशनमा सहभागी हुन कांग्रेसद्वारा पत्राचार, महाधिवेशन प्रतिनिधि चार हजार सात सय हुने, बस्नका लागि सुन्धारा, ठमेल र गौशालाका होटल बुकिङ, ठमाडौँमा मात्रै करिब १० हजार पार्टीका झण्डा र चुनाव चिन्ह सडकका पोलमा राखिने ।


३. नेकपा माओवादी केन्द्रले १५ सय संगठित सदस्य बराबर एक महाधिवेशन प्रतिनिधि चयन गर्ने, प्रदेशबाट राष्ट्रिय सम्मेलनमा सहभागी प्रतिनिधिबारे प्रत्येक प्रदेशबाट ३० जना प्रतिनिधि छनोट गरिने, प्रदेशले कम्तिमा १ जना घाइते÷अपाङ्गहरुलाई प्रतिनिधि अनिवार्य चयन गर्नुपर्ने, सम्मेलनको व्यवस्थापनका लागि हितमान शाक्यको संयोजकत्वमा सात सदस्यीय समिति गठन, सम्मेलनमा सहभागी हुने सबै प्रतिनिधिहरुले खाने, बस्ने लगायतका खर्चको व्यवस्थापन आफैं गर्नुपर्ने ।

४. नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनमा संस्थापन इतर पक्षबाट साझा उम्मेदवारीको टुंगो लागेको दावी, बुधबार बिहानसम्म उम्मेदवार तया भइसक्ने र बेलुका सर्वजनिक गर्ने वरिष्ठ नेता रामचन्द्र पौडेलको भनाइ, रामचन्द्रका लागि महामन्त्री शशांक कोइरालाले छाडे सभापतिको दाबी, भोलिको बैठकमा नेता डा शेखर कोइराला नजाने ।

५. प्रधानन्यायाधीशलाई महाअभियोग लगाउन केपी ओलीलाई नेपाल बार एसोसियसनले बुझायो ज्ञापनपत्र, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामाबाट न्यायालय सुधार नहुने ओलीको प्रतिक्रिया, न्यायपालिका निष्पक्ष नभएको र त्यसका लागि आवाज उठाउनु पर्ने भनाइ, महाअभियोग लगाउन अरु दल तयार भए एमाले बाधक नबन्ने धारणा ।


६. केपी शर्मा ओलीले नेकपा एमाले समाप्त पारेर नारायणी नदीमा तिलाञ्जली दिएको नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको टिप्पणी, एमालेका नेता कार्यकर्ताको छिट्टै कन्तबिजोग हुने भनाइ, पार्टीको झण्डा बोक्ने कार्यकर्तासमेत नहुने ठोकुवा, एमालेको राष्ट्रिय भेलालाई कुम्भ मेलाको संज्ञा, ओलीले राप्रपा, एमाले र लोकतान्त्रिक समाजवादीसँग एक गर्ने दाबी ।

७. ललितपुरस्थित एक सहकारीको लेटरप्याडका आधारमा विदेश जान लागेका ७६ यात्रुलाई अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्कायो, विदेश जानुको उद्देश्यप्रति शङ्का भएको विमानस्थलका प्रमुख अध्यागमन अधिकृत पुष्पराज शाहीको भनाइ, विदेश जान लागेकामा ७० प्रतिशत महिला, अधिकार प्राप्त संस्थाबाट अनुसन्धान हुने, विमानस्थलको अध्यागमन कार्यालयले अध्यागमन विभाग र गृहमन्त्रालयमा लिखित जानकारी गराउने ।

८. धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले घट्यो, नेप्से परिसूचक ३७ दशमलव १,८ अङ्कले घटेर दुई हजार ५०८ दशमलव ९,० मा झर्यो, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ६ दशमलव ८,५ अङ्कले घटेर ४७४ दशमलव १,३ मा सिमित, कूल २३१ कम्पनीको ८३ लाख ३० हजार ९३ कित्ता शेयर तीन अर्ब १२ करोड ८३ लाख ४१ हजार ७ सयमा कारोबार, १३ उपसमूहमध्ये दुई उपसमूहको मात्रै शेयर मूल्यमा वृद्धि, ११ उपसमूहको ओरालो लाग्यो ।


९. दोस्रो संस्करणको बर्दिया प्रिमियर लिगको उपाधि हिमालयन क्रिकेट एकेडेमी काठमाडौंलाई, फाइनलमा हिमालयनले स्टार क्रिकेट एकेडेमी १५ रनले पराजित, सहिद स्मारक ए डिभिजन लिगको नेपाल आयल निगम मनाङ मस्र्याङ्दी क्लबका नाइजेरियन प्रशिक्षक तोपे फुजा नेपाल आइपुगे, बंगलादेशकी सुमाया देवान र नेपालका युवराज विक युथ एथलेटिक्स च्याम्पियनसिपको यू–२० का सर्वोत्कृष्ट ।

१०. ४१ देशमा फैलियो कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन, चिनियाँ विदेशमन्त्रीद्वारा चीन र भारतबीच आपसी समझदारीका निम्ति आह्वान, राष्ट्रपति सीद्वारा चिनियाँ विशेषतासहितको समाजवादी कानूनको पालना गर्न आग्रह, पहिलो ११ महिनामा चीनको वैदेशिक व्यापार २२ प्रतिशतले वृद्धि, आम माफीबारे सरकारको निर्देशन नमान्नेलाई दण्ड दिइने तालीवान नेताको भनाइ, म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सुकीलाई सुनाईको जेल सजाय अवधिमा आधा कट्टा, अब २ वर्ष मात्रै जेल बस्नुपर्ने ।

प्रतिक्रिया दिनुहोस्