
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका सांसद अमरेशकुमार सिंह महाधिवेशन प्रतिनिधिमै पराजित भएका छन् ।
सर्लाही क्षेत्र नम्बर ४ को मंगलबार सम्पन्न अधिवेशनमा महाधिवेशन प्रतिनिधिको प्रत्याशी रहेका सिंह पराजित भएका हुन् ।
सिंहले यसअघि नै आफू मधेशी आरक्षणतर्फ सहमहामन्त्रीको उम्मेदवार रहेको घोषणा गरिसकेका छन् ।












