Logo
Logo

भारतको हेलिकप्टर दुर्घटनाबारे आज संसदमा जानकारी गराउने



काठमाडौं । भारतीय रक्षामन्त्री राजनाथ सिंहले भारतका चिफ अफ डिफेन्स स्टाफ सीडीएस जनरल विपिन रावत चढेको हेलिकप्टर दुर्घटनाबारे आज मात्र संसदमा जानकारी दिने भएका छन् ।

हिजो तामिलनाडुको कुन्नुरमा हेलिकप्टर दुर्घटना हुँदा रावतसहित १३ जनाको मृत्यु भएको थियो । दुर्घटना लगत्तै रक्षा मन्त्री सिंहले रावतको घर पुगेर परिवारसँग भेट गर्नुभएको थियो ।

रावतको शव आज दिल्ली ल्याउने तयारी भइरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

उहाँको भोलि अन्तिम संस्कार हुनेछ । भारतको उत्तराखण्डमा शोक घोषणा गरिएको छ । साथै सीडीएस रावतको निधनमा भारतीय राष्ट्रपति रामनाथ कोविन्द, प्रधानमन्त्री नरेन्द्र मोदी लगायतले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्