काठमाडौं । नेकपा (माले)का महासचिव सिपी मैनालीले व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन नभएको बताएका छन् ।
नेपाली कांग्रेसको १४औं महाधिवेशनको सफलताको शुभकामना दिँदै उनले नेपाली जनताले व्यवस्था धेरै परिवर्त भए पनि अवस्थामा परिवर्तन हुन नसकेकोमा गुनासो गरिरहेको उनले बताए ।

प्रजातन्त्रका लागि संघर्ष गरिएको तर रातारात संसद विघटन गरेर अध्यादेश मार्फत देश चलाउन खोजेको टिप्पणी मैनालीले गरेका छन् । एमाले अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओली तर्फ इंगित गर्दै मैनालीले यस्तो टिप्पणी गरेका हुन् ।
न्यायापालिका भित्र भागबण्डा गरेर शासन व्यवस्था सञ्चालन गर्न खोजिएकाले मुलुकका देशभक्ती शक्तिहरु एकजुट हुनुको बिकल्प नभएको बताए । कम्युनिष्ट शक्ति, प्रजातान्त्रिक शक्ति अहिले एकजुट हुनुपर्ने आवश्यक्ता रहेको उनले बताए ।
प्रजातान्त्रिक परिवर्तनसंगै बाह्य हस्तक्षेप बढेकोमा उनले चिन्ता व्यक्त गरेका छन् । राष्ट्रियता, प्रजातन्त्र र समाजवादको नारा दिएको कांग्रेसले व्यवस्था परिवर्तन तथा त्यसलाई जोगाउँनका लागि सफलहोस भनी शुभकामना व्यक्त गरेका छन् ।














