Logo
Logo
कांग्रेसको १४औँ महाधिवेशन

प्रकाशमान सिंहद्वारा चुनावी अवधारणापत्र सार्वजनिक, उपसभापतिमा सुजाता



काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा नेता प्रकाशमान सिंहले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

काठमाडौंमा आज एक कार्यक्रमको आयोजना गर्दै सिंहले सभापतिमा उम्मेदवारी दर्ता गर्ने घोषणा गरेका छन् । उनले उम्मेदवारी घोषणासँगै आफ्नो अवधारणा सार्वजनिक गर्न सिंहदरबा मूल गेट अगाडी रहेको स्काइ बैंकेटस्थित सम्पर्क कार्यालमा कार्यक्रमको आयोजना गरेका हुन् ।

कार्यक्रममा सिंहको समुहबाट उपसभापति घोषणा गरेकी सुजाता कोइरासहितका नेता उपस्थित रहेका छन् । कार्यक्रममा कांग्रेस नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको छ ।

संस्थापन इतर पक्षबाट साझा उम्मेदवार तय गर्न केही दिन यता लगातार प्रयास भए पनि सफल नभए पछि सिंहले औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका हुन् । अब उनी उम्मेदवारी दर्ता गर्न कार्यक्रम स्थलमा जादैछन् ।

कांग्रेसको निर्वाचन समितिले उम्मेदवारी दर्ताका लागि आज पाँच बजेसम्मको समय तोकिएको जनाएको छ । निर्वाचन समितिले पाँच बजेभित्रमा उम्मेदवारी दर्ता गर्नुपर्ने र समय बढाउँने काम नहुने जनाएको छ ।

संस्थापन इतर समुहबाट सभापतिका लागि डा. शशांक कोइराला र नेता प्रकाशमान सिंहको अडानले वरिष्ठ नेता रामचन्द्र पौडेल सभापतिमा उम्मेदवारी नदिने निष्कर्षमा पुगेका छन् । उता नेता शेखर कोइरालाले समेत सभापतिमा उम्मेदवारी दर्ता गराउँने भएका छन् ।

कांग्रेस विधानमा १ सभापति, २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्री निर्वाचित हुने र १ जना कोषाध्यक्ष मनोनित गरी १४ जना पदाधिकारी रहने व्यवस्था गरिएको छ । केन्द्रीय सदस्यहरू खुलातर्फ ३५ जना, विभिन्न समावेशी समूह र पिछडिएको क्षेत्रतर्फ ६५ जना र ७ प्रदेशबाट १÷१ महिलासहित २१ जना आउने छन् । कांग्रेसको विधानमा उपसभापति, महामन्त्री र केन्द्रीय सदस्यमा खुलातर्फको छुट्टै कोटा भए पनि सहमहामन्त्रीमा खुलातर्फ कोटा छुट्याइएको छैन् ।

प्रतिक्रिया दिनुहोस्