Logo
Logo

कांग्रेस सभापतिमा ६ जनाको उम्मेदवारी



काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिका लागि ६ जनाले उम्मेदवारी दिएका छन् ।

सभापतिमा वर्तमान सभापति शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, प्रकाशमान सिंह, विमेलेन्द्र निधि, कल्याण गुरुङ र युवराज न्यौपानेले सभापतिमा उम्मेदवारी दर्ता गराएका हुन् ।

पहिलो चरणमा हुने मतदानमा कुल खसेको मतको ५१ प्रतिशत मत ल्याउनुपर्ने व्यवस्था छ । ५१ प्रतिशत मत प्राप्त हुन नसकेमा पुन मतदान हुनेछ । दोस्रो पटक हुने मतदान भने शीर्ष दुईमात्र प्रतिस्पर्धी हुनेछन् ।

यस्तै उपसभापतिमा ७ जनाले मनोनयन दर्ता गराएका छन् । उपसभापति पदमा पूर्णबहादुर खड्का, महेश आचार्य, सुजाता कोइराला, डा चन्द्र भण्डारी, धनराज गुरुङ, विजय गच्छदार र दिव्यश्री साहले उम्मेदवारी दर्ता गराएका हुन् ।

१३ औँ महाधिवेशनवाट सभापति चुनिएका देउवाले पार्टीलाई विधान र विधिमा चलाउन नसकेको आरोप लगाइरहेको रामचन्द्र पौडेलले भने कुनै पनि पदमा उम्मेदवरी दिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्