काटमाठौं । एनसीसी बैंकले २५औं वाषिर्कोत्सवको अवसरमा देशका विभिन्न स्थानमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । प्रदेश १ को बिराटनगर, प्रदेश २ को जनकपुर र लाहान, बागमति प्रदेशको काठमाडौं मुख्य शाखा र नारायणगढ, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको सिद्धार्थनगर, कर्णाली प्रदेशको विरेन्द्रनगर र सुदूरपश्चिम प्रदेशको धनगढी गरी ९ वटा शाखाहरुबाट रक्तदान कार्यक्रम गरेको हो ।
उक्त रक्तदान कार्यक्रममा विभिन्न रक्तदाताहरुबाट ५७१ पोइन्ट रगत संकलन भएको बैंकले जानकारी दिए छ । साथै हालसम्म १६८ पटक रक्तदान गरेका काठमाडाैं, बागबजार निवासी प्रेम सागर कर्मचार्यलाई बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले सम्मान गर्दै कदर प्रत्र प्रदान गरे ।
साथै वाषिर्कोत्सवको अवसरमा ‘एनसीसी सिल्भर सेभिङ्ग खाता’, ‘एनसीसी सुगम सिल्भर मुद्घती खाता’, ‘एनसीसी सिल्भर रेमिट सेभिङ्ग खाता’ र ‘एनसीसी सिल्भर रेमिट मुद्घती खाता’ जस्ता आकर्षक निक्षेप खाताहरु संचालनमा ल्याएको छ । एनसीसीले ७ वटै प्रदेशमा १३७ शाखा, १० वटा एक्स्टेन्सन काउन्टर र ११४ वटा एटिएम वुथहरु सञ्चालन गर्दै आएको छ ।