
काभ्रे । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) संवद्ध अखिल नेपाल महिला संघ पनौती नगर कमिटी गठन भएको छ ।
पनौतीमा सम्पन्न भेलाले मन्जु महर्जन नापितको अध्यक्षतामा नगर कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा सुसिना रन्जित र प्रिया खत्री रहेको छन् । त्यसैगरी, सचिवमा सोनी लामा र मन्जु घिमिरे तथा कोषाध्यक्षमा मेलिना गेलाल निर्वाचित भएका छन् ।
भेलालले ५५ सदस्यीय नगर कमिटी चयन गरेको हो ।
२५० जनाभन्दा धेरै महिला सहभागी रहेको भेलाले उत्कृष्ट समाजिक कार्यमा जीवन यापन गर्नु हुने वृद्ध मक्षमाया जंगमलाई सम्मान गरेको छ ।














