Logo
Logo

मिस मंगोलका लागि २२ जना प्रतियोगी प्रशिक्षणमा



काठमाडौं । ‘मिस मंगोल नेपाल २०२१’ मा २२ जना प्रतियोगी अन्तिम प्रतिस्पर्धा छन् । एक्सन इन्टरटेनमेन्टद्वारा आयोजित प्रतियोगितामा देशभर १३ जिल्लाबाट छनौट भएका हुन् ।

प्रतियोगीलाई कोरियोग्राफर रोजिन शाक्यले अहिले प्रशिक्षण दिइरहेका छन् । मिस मंगोलको यस संस्करणमा पासाङ डोल्मा शेर्पा (सिन्धुपाल्चोक), चन्द्र सारुमगर (रौतहट), पासाङ ल्हामु शेर्पा (काठमाडौं), विभिषिका श्रेष्ठ (ललितपुर), गीता लिम्बु (मोरङ), प्रमिला तामाङ (काभ्रे), रेजिना राई (मोरङ), वर्षा रञ्जित (काठमाडौं), समिता वज्राचार्य (ललितपुर), सान्त्वना राई (खोटाङ), स्नेहा खड्गी (काठमाडौं), प्रिया लिम्बु मादेन (ताप्लेजुङ) छन् ।

त्यस्तै शान्ता योङहाङ (पाँचथर), कुसुम राई (ओखलढुंगा), छिरिङडोल्मा तामाङ (रामेछाप), करुणा तामाङ (नुवाकोट), एन्जिला रञ्जित (काठमाडौं), सजिना तामाङ (काठमाडौं), प्रिया राई (सुनसरी), साङडोमा ह्योल्मो (काठमाडौं), एप्रिला घिसिङ (काठमाडौ) र प्रधिका महर्जन (काठमाडौं) अन्तिम प्रतिस्पर्धाका लागि जुटेका छन् ।

यस प्रतियोगितलाई संस्कृति र प्रतिभाको सम्मानका रूपमा लिइएको छ । प्रतियोगितामा मंगोल समुदायका प्रतिभावान युवतीको आकर्षण बढ्दो छ । डाक्टर, पाइलट, इन्जिनियर, लेक्चररदेखि विभिन्न क्षेत्रमा स्थापित युवतीहरूसमेत मिस मंगोलमा सहभागी हुने गरेका छन् ।

‘मिस मंगोललाई सौन्दर्य प्रतियोगिताभन्दा पनि सांस्कृतिक अभियानका रूपमा स्थापित गरेका छौं’, आयोजक एक्सन इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक चन्दा घिसिङले भनिन्, ‘प्रतिभा प्रदर्शन र करियर ओरियन्टेड इभेन्ट भएकाले प्रतिभावान् युवतीका लागि आकर्षण बनेको छ ।’

रिडी ग्रुप लिमिटेडको शीर्ष प्रायोजन रहेको यो प्रतियोगिता सन् २०१९ देखि संघीय संरचनाअनुसार आयोजना हुँदै आएको छ । जसअनुसार प्रत्येक प्रदेशबाट एक एकजना विजेता र सबैबाट मिस मंगोल नेपाल र फस्ट एवं सेकेन्ड रनरअप छनोट हुँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्