Logo
Logo

न्यौपानेले उम्मेदवारी फिर्ता लिँदै भने, ‘मेरो समर्थन शेखर कोइराला टिमलाई हुनेछ’



काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दर्ता गराएका गोरखाका युवराज न्यौपानेले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । आइतबार मध्यान्ह साढे १२ बजेअघि महाधिवेशन निर्वाचन कार्यालयमा पुगेर उनले उम्मेदवारी फिर्ता लिएका हुन् ।

आफ्नो उम्मेदवारी फिर्ता लिनुअघि पत्रकारहरुसँग कुरा गर्दै उनले आफूले उम्मेदवारी फिर्ता लिएको बताए । उम्मेदवार फिर्ता लिएपछि शेखर कोइरालाको टीमलाई सघाउने उनले बताए । उनले पत्रकारहरुसँग भने, ‘अब मेरो समर्थन शेखर कोइराला टिमलाई हुनेछ ।’

समितिले उम्मेदवारी फिर्ता लिने समय साढे १२ बजेसम्म तोकेको थियो । अब सभापतिमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङबीच प्रतिस्पर्धा हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्