Logo
Logo

‘राजसंस्थाको पक्षमा वकालत गर्ने राप्रपाको नैतिक धरातल समाप्त’



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निवर्तमान अध्यक्ष कमल थापाले राजसंस्थाको पक्षमा वकालत गर्ने राप्रपाको नैतिक धरातल समाप्त भएको बताएका छन्। आज सोमबार एक विज्ञप्ति जारी गर्दै थापाले उक्त प्रतिक्रिया दिएका हुन् ।

विज्ञप्तिमा थापाले महाधिवेशनमा निर्वाचनका क्रममा पूर्वराजा ज्ञानेन्द्र र निर्मल निवासको हस्तक्षेपको प्रमाण आफूहरूसँग रहेको दोहोर्याएका छन्। यसले राप्रपाले अवलम्बन गर्दै आएको राजसंस्थासम्बन्धी आधारभूत मान्यतामाथि नै गम्भीर आघात पुगेको उनको दाबी छ।

ुशतप्रतिशत राजावादीहरू भएको दलमा त पूर्वराजाको हस्तक्षेप हुन्छ भने भोलि राप्रपाको परिकल्पनाअनुरूप राजसंस्था स्थापित भयो भने राजाबाट अन्य दल र राजनीतिमा हस्तक्षेप हुँदैन तथा विगतमा झैँ प्रजातन्त्र मास्ने काम हुँदैन भन्ने के ग्यारेन्टी छ ? भनी प्रश्न गर्नेहरूलाई हामीले के र कसरी जवाफ दिने ?’ विज्ञप्तिमा उल्लेख छ ।

निर्वाचनमा पूर्वराजा र निर्मल निवासबाट भएको हस्तक्षेपबारे छनाबिन गरी भविष्यमा हस्तक्षेप नहुने सुनिश्चित गर्न थापाले आग्रह गरेका छन् । यसो गर्न सके मात्र पार्टी एकता र पार्टीको भविष्य सुनिश्चित हुने थापाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्