Logo
Logo

च्याम्पियन्स लिग : अन्तिम १६ मा पीएसजी र रियल मड्रिड भिड्ने



एजेन्सी । युइएफए च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ मा पेरिस सेन्ट जर्मेन (पीएसजी) र रियल मड्रिडको भिड्ने पक्का भएको छ ।

युरोपेली फुटबलको सर्वोच्च निकाय युइएफएले सोमबार सार्वजनिक गरेको तालिका अनुसार पीएसजी र रियल अन्तिम १६ मा भिड्ने भएका हुन् ।

यसअघि सोमबार नै भएको पहिलो ड्र सफ्टवेयरको खराबीका कारण अमान्य रहेको थियो । यूईएफएलाई स्वतन्त्र संयन्त्रले ड्रको नतिजालाई स्विकार्न नसकिने जानकारी दिएपछि पुनस् ड्र गरिएको हो ।

साविकको विजेता चेल्सीले लिलेसँग खेल्नेछ भने एथ्लेटिको मड्रिडले म्यानचेस्टर युनाइटेडसँग खेल्ने छ । यता, भिल्लारियलले युभेन्टस तथा वायर्न म्युनिखले साज्लबर्गसँग खेल्ने छ।

लिभरपुलले इन्टर मिलान, आयाक्सले बेन्फिाका तथा स्पोर्टिङ सीपीले म्यानचेस्टर सिटीसँग खेल्ने भएको छ।

प्रतिक्रिया दिनुहोस्