काठमाडौं । नेपाली कांग्रकोसको १४औं निर्वाचन अन्तरगत दोस्रो चरणमा हुने सभापतिको निर्वाचनमा शेरबहादुर देउवाललाई सहयोग गर्ने नेता विमलेन्द्र निधिले घोषणा गरेका छन् ।
कांग्रेसको विधानअनुसार पहिलो चरणमा ५० प्रतिशतभन्दा धेरै कुनै उम्मेदवारले मत प्राप्त नगरे पहिलो र दोस्रो मत ल्याउनेबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुने व्यवस्था छ ।
सोही व्यवस्थाअुनसार सभापतिका लागि पहिलो मत प्राप्त गरेका देउवा र दोस्रो मत प्राप्त प्राप्त गरेका शेखर कोइरालाबीच प्रतिस्पर्धा हुँदैछ । उक्त प्रतिस्पर्धामा देउवालाई सहयोग गर्ने निधिले घोषणा गरेका हुन् ।