
काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सभापतिमा आफ्नो जित सुनिश्चित रहेको दावी छन् ।
१४औं महाधिवेशन अन्तरगत सभापतिका लागि भएको मतदानमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत प्राप्त नगरेपछि हुन लागेको दोस्रो चरणको निर्वाचनमा आफ्नो जित सुनिश्चित रहेको कोइरालाले दावी गरेका हुन् ।
आज दिउँसो ३ बजेपछि सुरु हुने दोस्रो चरणको निर्वाचनमा सबैभन्दा धेरै मत प्राप्त गरेका शेरबहादुर देउवा र दोस्रो मत प्राप्त गरेका कोइरालाबीच प्रतिस्पर्धा हुँदैछ ।
दोस्रो चरणमा पुनः प्रतिस्पर्धा हुने भएपछि पत्रकार सम्मेलन गर्दै नेता कोइरालाले विगतदेखि नै आफू कांग्रेस बनाउन लागेकाले प्रतिनिधिले आफूलाई नै मतदान गर्ने र आफ्नो जित सुनिश्चित रहेको दावी गरेका हुन् ।
कोइरालाले दास्रो चरणको निर्वाचनमा विवेक प्रयोग गरेर कसैको डर र प्रलोभनमा नपरी अन्तरात्माले मतदान गर्न प्रतिनिधिसँग आग्रहसमेत गरेका छन् ।
उनले भने– ‘म कांग्रेसको भविष्य परिवर्तान गर्ने तथा नयाँ पुस्ताको मागअनुरुप देश विकासमा लानेछु । कांग्रेस एकताको पहल गर्ने छु । नेपाली कांग्रेसमा देखिएको गुट अन्त्य गर्नका लागि मलाई मतदान गर्न आग्रह गर्दछु ।’














