Logo
Logo
रुपेन्द्र पटेल

रौतहटको बृन्दावनमा निःशुल्क आँखा शिविर



रौतहट । रौतहटमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।

श्री कृष्ण प्रणामी युवा परिषद जिल्ला समिति रौतहट तथा रोटरी क्लब अफ हेटौंडा, रोट्रयाक्ट क्लब अफ हेटौंडा तथा हेटौंडा सामुदायिक आँखा अस्पतालको संयुक्त आयोजनामा बृन्दावन नगरपालिका वडा नं– १ बलरीमा निःशुल्क आँखा शिविर आयोजना गरिएको हो ।

शिविरलाई बृन्दावन नगरपालिका वडा नं–१ का वडाअध्यक्ष सुबोध पटेलले उद्घाटन गरेका थिए । बलेरीको श्री प्रथमिक विद्यालयमा सञ्चालन गरिएको सो शिविरमा ३ सय ७१ जनाको आँखा परिक्षण गराएका थिए ।

जसमध्ये ९७ जनामा मोतिविन्दु पुष्टि भएको हेटौंडा सामुदायिक आँखा अस्पतालका डाक्टर सुशिल कुमार सिंहले जानकारी दिए । सिंहका अनुसार मोतिविन्दु भएका सबै बिरामीलाई आइतबार हेटौंडा सामुदायिक आँखा अस्पताल लगिने छ ।

उनीहरुका लागि जाने, आउने, खाने, बस्ने व्यवस्थाका साथै निःशुल्क अप्रेशन समेत व्यवस्था गरिएको छ । शिविर हेटौंडा सामुदायिक आँखा अस्पतालका दश जना चिकित्सकको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्