Logo
Logo

एआइपीमा ‘अस्ट्रेलिया एड्मीसन विक’


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १३ जेठ ।
अध्ययनका लागि विदेश जाने नेपाली विद्यार्थीको पहिलो रोजाइमा अष्ट्रेलिया बनेको छ । तर, कतिपय विद्यार्थीले उचित परामर्शको अभावमा दुःख पाइरहेका छन् । सोही कारण कतिपय अष्ट्रेलिया पुगेपछि पछुताउने गरेका छन् ।
जसरी पनि अस्ट्रेलिया जाने ध्याउन्नमा विद्यार्थीहरुले पनि आइपर्न सक्ने सम्भावित चुनौतिबारे बेलैमा बुझ्न खोज्दैनन् । जसले गर्दा अस्ट्रेलियामा विद्यार्थीहरुले दुःख पाउने क्रम बढेको छ । यही समस्यालाई मध्यनजर गर्दै काठमाडौंको एआईपी कन्सल्टेन्सीले प्रभावकारी परामर्श सेवा प्रदान गर्न थालेको छ । विद्यार्थीमा बलियो आत्मविश्वास पैदा गर्ने गरी परामर्श सेवा प्रदान गर्न थालेको एआइपी कन्सल्टेन्सिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुजन थापाले जानकारी दिए ।
उनका अनुसार मे २६ देखि ३१ सम्म काठमाडौंमा बानेश्वरमा एआइपीको हलमा ‘अस्ट्रेलियन एड्मीसन विक’ चल्नेछ । बिहान देखि सुरु हुने उक्त परामर्श कक्षामा अभिभावक र विद्यार्थीहरु आफूलाई अनुकुल हुने समयमा सहभागी हुन सक्ने थापाले बताए ।


विद्यार्थीहरुले स्नातक र स्नातकोत्तर दुवैका लागि परामर्श लिन सक्नेछन् । आइएल्ट्स र टोफल तयारी गर्नेका लागि पनि ५० प्रतिशत छु्टको व्यवस्था गरिएको थापाले जानकारी दिए ।

थापा भन्छन्,‘अहिले १२ कक्षा सकेपछि अधिकांश विद्यार्थीको मनस्थिति अस्ट्रेलिया जाने नै हुन्छ । धेरैलाई कुन विश्वविद्यालय पढ्न जाँदै छु भन्ने नै थाहा हुँदैन । त्यसैले अस्ट्रेलिया जानुअघि विद्यार्थीले प्रोसेस गर्नेदेखि आर्थिक र मानसिक रुपमा योजना बनाउन सहयोग गर्ने उद्देश्यले यो अस्ट्रेलियन एड्मीसन विक गर्न लागिएको हो ।’
काठमाडौंको नयाँ बानेश्वार केन्द्रीय कार्यालय रहेको एआइपीको भुटान र भक्तपुरको सूर्य्विनायकमा शाखा छ । एआइपीले आफ्नो स्थापना कालदेखि हरेक वर्ष अस्ट्रेलिया जाने विद्यार्थीलाई परामर्श सेवा प्रदान गर्दै आएको छ । यस वर्ष लक्ष्यभन्दा बढी अभिभावक र विद्यार्थीको सहभागिता रहने अपेक्षा रहेको थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्