Logo
Logo

रौतहटमा भारतीय कार दुर्घटना, चार जनाको मृत्यु



रौतहट । रौतहटमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटको अनुसार गौरबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको बीआर०५पीए ६९५३ नम्बरको कार सखुअवा र जयनगरको बीचमा दुर्घटना भएको हो ।

प्रहरीका अनुसार मृतको पहिचान खुल्‍न सकेको छैन । उक्त कारमा ८ जना सवार रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्